Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

आजको मौसम


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। त्यसको प्रभावले सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहँदा बाँकी भूभागमा आंशिक बदली रहेको छ।

हाल बागमती प्रदेशका केही स्थान र कोशी, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट