Techie IT
२०८२ भाद्र २२, आइतबार

मौसम पूर्वानुमान : देशभर सामान्यदेखि आंशिक बदली, पहाडी भूभागमा वर्षाको सम्भावना


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। यसको प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली भइरहेको छ।

आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका तराई भूभागमा पनि थोरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ।

आज राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रमा केही स्थानमा र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट