Techie IT
२०८२ भाद्र २४, मंगलबार

यी स्थानमा भारी वर्षाको सम्भावना


हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानमा र पश्चिमतर्फ सरदर भन्दा केही दक्षिणतिर अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्यतया बदली छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

आज राति कोशी, मधेस र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थान तथा अन्य पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाड र तराईका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट