Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

जेनजी प्रदर्शनका सीसाजन्य फोहर काठमाडौँ महानगरले सङ्कलन नगर्ने


काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा उत्पन्न भएका सीसाजन्य फोहर सङ्कलन नगर्ने भएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन्।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा ध्वस्त भएका संरचनाहरूबाट निस्किएका सीसाजन्य फोहर सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा पुर्‍याउन नहुने भएको कारण महानगरले सङ्कलन नगर्ने निर्णय गरेको जनाएको छ।

महानगरले निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयलाई यस्ता फोहर अन्य फोहरसँग मिसाउन नदिन र छुट्टै सङ्कलन गरी आफ्नै घर वा कार्यालय परिसरमा सुरक्षित रूपमा राख्न आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट