मौसम पूर्वानुमान : देशभर बदली, केही स्थानमा भारी वर्षा

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि नेपालमा परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने बताइएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका धेरै स्थानमा र तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस