Techie IT
२०८२ भाद्र ३०, सोमबार

२०५० सम्म अस्ट्रेलियामा १५ लाख मानिस तटीय बाढी जोखिममा पर्ने


समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्म अस्ट्रेलियाका तटीय क्षेत्रमा बसोबास गर्ने करिब १५ लाख मानिस खतरामा पर्ने अनुमान गरिएको छ। यो तथ्य अस्ट्रेलियाले पहिलोपटक सार्वजनिक गरेको राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको हो।

प्रतिवेदनअनुसार बाढी, चक्रवात, हिटवेभ, खडेरी र वनडढेलो जस्ता जलवायुजन्य प्रकोपहरू अझै तीव्र हुँदै जाने र आगामी वर्षहरूमा अवस्था झनै गम्भीर बन्ने अनुमान छ।

‘अस्ट्रेलियाका मानिसहरूले पहिले नै जलवायु परिवर्तनको असर भोगिरहेका छन्। तर, अहिले हामीले जति धेरै गर्मी बढ्नबाट रोक्न सक्छौँ, भावी पुस्ता त्यति नै ठूलो संकटबाट जोगिन सक्नेछन्,’ जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले भने।

विश्वव्यापी तापमान वृद्धिको सन्दर्भमा अस्ट्रेलिया पहिले नै १.५ डिग्रीभन्दा माथि पुगेको प्रतिवेदनले जनाएको छ। यदि तापक्रम ३ डिग्रीले बढे, सिड्नीमा हिटवेभका कारण मृत्यु दर ४०० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ। मेलबर्नमा पनि गर्मीजन्य मृत्यु करिब तीन गुणा बढी हुने चेतावनी दिइएको छ।

प्रतिवेदनले जलवायु जोखिमबाट अस्ट्रेलियाको कुनै पनि समुदाय सुरक्षित नरहने प्रष्ट पारेको छ। साथै, हिटवेभका कारण मृत्यु बढ्ने, बाढी र आगलागीले पानीको गुणस्तर कमजोर हुने र सम्पत्तिको मूल्य घट्ने सम्भावना रहेको चेतावनी पनि दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट