आज देशभर सामान्य बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव समेत रहेकोले देशभर सामान्यतया बदली भएको छ।
कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, सुदूरपश्चिमका थोरै स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ।
महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस