आज यी स्थानमा भारी वर्षा हुने चेतावनी

मन्सुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले हाल देशभर सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायम छ।
हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस