Techie IT
२०८२ फागुन २६, मंगलबार

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना


हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहँदा बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेका कारण आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट