Techie IT
२०८३ असार ३२, बिहीबार

आजको मौसम हेर्नुहोस्


देशभर मनसुनी र स्थानीय वायुको प्रभाव कायम रहेकाले दशैंको समयमा पनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ। तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभाग आंशिक बदली रहनेछ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट