आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ भने गण्डकी प्रदेशको पश्चिमी भागमा यसको सीमित असर देखिएको छ। बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव जारी छ।
यसको प्रभावले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा सामान्य बदली देखिएको छ। देशका अन्य भागहरूमा आंशिक बदली छ। सुदूरपश्चिमका पहाडी क्षेत्र, कर्णाली र लुम्बिनीका पश्चिमी भूभाग, बागमतीका केही स्थान र गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका भागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा पर्ने सम्भावना छ।
आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग प्रायः सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस