Techie IT
२०८२ फागुन २६, मंगलबार

देशभर चिसो बढ्दै, आजको मौसम कस्तो रहला हेर्नुहोस्


मौसमी प्रणाली देशबाट बाहिरिएसँगै नेपालका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्न थालेको छ। मौसम सफा रहे पनि चिसो महसुस हुन थालेको हो।

मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशभरको तापक्रम घट्ने क्रममा छ। तापक्रम घटेकाले विशेषगरी बिहान र साँझको समयमा जाडो महसुस भइरहेको छ।

शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम माइनस १.३३ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ। उपल्लो हुम्लामा हिमपात भएका कारण तापक्रम घटेको हो। हिमपातका कारण हुम्लाको न्यालु सडकखण्ड समेत अवरुद्ध भएको छ।

जुम्लाको तापक्रम पनि घट्दै गएको छ। हाल त्यहाँको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियसमा झरेको विभागले जनाएको छ।

काठमाडौंमा शनिबार बिहान न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस मापन गरिएको छ, जुन शुक्रबारको १५.६ डिग्री सेल्सियसभन्दा घटेको हो। विभागका अनुसार आगामी दिनहरूमा तापक्रम अझै घट्ने सम्भावना छ।

केही दिनअघिसम्म देशभर वर्षा भइरहेकाले तापक्रम उच्च थियो। वर्षाका कारण पूर्वी नेपालका केही क्षेत्रमा ठूलो क्षति पनि भएको थियो।

हाल भने मौसमी प्रणाली नेपालका सबै भू-भागबाट बाहिरिएको छ। शनिबार पूर्वी नेपालका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट