Techie IT
२०८२ कार्तिक ८, शनिबार

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना


देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिए पनि आज कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भागमा मौसम मुख्यतः सफा रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

आज राति पनि ती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाको पूर्वानुमान छ।

महाशाखाले कोसी प्रदेशका हिमाली क्षेत्रमा आज राति समेत हल्का वर्षा र हिमपातको सम्भावना रहने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट