Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा, यी स्थानमा ३ दिनसम्म बाढीको जोखिम


बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण देशका विभिन्न भागमा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी तीन दिनसम्म बढ्ने क्रममा रहनेछ।

महाशाखाले कोशी, मधेश र बागमती प्रदेशका धेरै नदीहरूमा पानीको बहाव तीव्र रूपमा बढ्ने र केही नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी (पूर्व–पश्चिम), रुपन्देही र कपिलवस्तु जिल्लाबाट बग्ने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउन र सम्भावित बाढीबाट जोगिन आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

महाशाखाको सूचना -



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट