Techie IT
२०८२ फागुन २६, मंगलबार

काठमाडौं उपत्यका र पूर्वी नेपालमा लगातार वर्षा, हवाई सेवा प्रभावित, बेलुकादेखि वर्षा बढ्ने


काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागमा बिहीबार बिहानदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहान छिटपुट वर्षा भए पनि हाल मध्यम वर्षा भइरहेको मौसमविद् उज्ज्वल उपाध्यायले जानकारी दिएका छन्।

पछिल्लो २४ घन्टामा विभिन्न ठाउँमा भएको वर्षा यस प्रकार छ: उदयपुरगढी ४५.२ मि.मि., मुर्कुची बजार ४३.८ मि.मि., कमला रिभर केन्द्र ३९ मि.मि., गोलबजार ३७.४ मि.मि., तुर्केघाट ३६.८ मि.मि., धनकुटाको त्रिवेणी ३६.४ मि.मि., तुम्लिङटास ३२.४ मि.मि।

उपाध्यायका अनुसार हाल भइरहेको वर्षा मुख्यत: पश्चिमी वायुको सक्रियताबाट भएको हो। “बाहिरिन बाँकी वर्षा प्रणालीमा मोन्था चक्रवातको आंशिक प्रभाव मिलेर वर्षा अझ ठूलो बनेको छ,” उनले भने। मोन्था आँधीको प्रभाव बिहीबार अपराह्नदेखि पूर्ण रूपमा सक्रिय हुने अपेक्षा गरिएको छ।

यसका कारण मेचीदेखि गण्डकीसम्म ठूलो वर्षा हुने सम्भावना छ। उच्च हिमाली भेगमा भारी हिमपात हुने पनि चेतावनी दिइएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार, बुधबार बेलुकादेखि पूर्वी नेपालमा र बिहानीदेखि गण्डकीदेखि पूर्वका भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ। त्यसैगरी गोरखा, नवलपुर, नवलपरासी, रूपन्देहीमा पनि सतर्क रहन चेतावनी जारी छ।

विभागले कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जिल्लामा मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन सुझाव दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट