Techie IT
२०८२ पौष २७, आइतबार

आजको मौसम कस्तो रहला हेर्नुहोस्


मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।

हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको र बाँकी अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा छ। गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका काहीँ स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहन सक्नेछ भने देशका अन्य भागमा मौसम मुख्यतया सफा रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट