Techie IT
२०८३ वैशाख १२, शनिबार

देशभर चिसो बढ्दै, जुम्लामा तापक्रम माइनस ५


केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो द्रुत गतिमा बढिरहेको छ। आइतबार बिहान जुम्लाको न्यूनतम तापक्रम झन्डै माइनस ५ डिग्री सेल्सियसमा झरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस मापन गरिएको छ।

काठमाडौँ उपत्यकामा समेत चिसो वृद्धि भएको छ। आइतबार उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस पुगेको छ।

शुक्रबार ११ डिग्री रहेको उपत्यकाको तापक्रम शनिबार एकैदिन ८.५ डिग्रीमा झरेको थियो, जसले काठमाडौँमा चिसो झनै महसुस हुने बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट