Techie IT
२०८३ असार २५, बिहीबार

‘दित्वा’ चक्रवातको आंशिक प्रभाव नेपालमा, केही स्थानमा बदली र हुस्सु


दक्षिण–पश्चिम बंगालको खाडी क्षेत्रमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव नेपालमा देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवातको असरले देशका केही भू–भागमा आंशिक बदलीसँगै हुस्सु लागेको महाशाखाले जनाएको छ।

सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा देखिएको छ। तराईका केही स्थानमा हुस्सुको प्रभाव देखिएको महाशाखाले जनाएको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने अनुमान छ। बाँकी प्रदेशमा भने मौसम मुख्यतया सफा रहनेछ। यस्तै आज राति पनि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सफैँ रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार चक्रवात ‘दित्वा’ को प्रभाव अस्थायी मात्र हुने र सामान्य बदलीबाहेक विशेष जोखिम नभएको उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट