नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव, ह्वात्तै घट्यो काठमाण्डौको तापक्रम
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण-पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कोशी, मधेश र बागमती प्रदेशमा परेको छ।
आज विहान कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसोको पूर्वानुमान:
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी सम्पूर्ण भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज रातिको पूर्वानुमान:
देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकाको तापक्रम:
न्यूनतम तापक्रम: आज बिहान ६ डिग्री सेल्सियस मापन गरिएको थियो। आज दिनभर १९ देखि २१ डिग्री सेल्सियस बीच रहने अनुमान छ।



तपाईको प्रतिक्रिया दिनुहोस