आज यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस