आज यी स्थानमा हुस्सु तथा कुहिरो लाग्ने
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ।
महाशाखाका अनुसार देशको तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस