Techie IT
२०८२ फागुन २६, मंगलबार

काठमाडौं कठ्याङ्ग्रियो: उपत्यकामा यस वर्षकै चिसो दिन आज


जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ। पछिल्ला दिनहरूमा तापक्रम उल्लेख्य रूपमा घटेसँगै उपत्यकामा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको विभागले बताएको छ।

विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान ५:४५ बजे कीर्तिपुरको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा तापक्रम ३.७ डिग्री सेल्सियस रहेको थियो।

उपत्यकाका अन्य स्थानमा पनि तापक्रम निकै तल झरेको छ। ललितपुरको हात्तीबन र भक्तपुरको नगरकोटमा २.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागले जनाएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने चिसो अझै तीव्र बनेको छ। आइतबार साँझ लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको थियो भने जुम्ला विमानस्थलमा माइनस ५.९ र हुम्लाको सिमकोट विमानस्थलमा माइनस ५.१ डिग्री सेल्सियस मापन गरिएको छ।

मौसमविद्हरूले आगामी दिनहरूमा पनि चिसो कायमै रहने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट