Techie IT
२०८३ असार २१, आइतबार

पश्चिमी वायुको प्रभाव कायमै, यी क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु वा कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि तराईका थोरै स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट