Techie IT
२०८२ फागुन १, शुक्रबार

पश्चिमी वायु सक्रिय: हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना


हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

आज राति पनि तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट