Techie IT
२०८३ वैशाख २१, सोमबार

आज सुदूरपश्चिम–कर्णालीमा भारी वर्षा हुने


जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। लुम्बिनी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा असिनासहित वर्षा र हिमपातको सम्भावना देखिएको छ भने तराईका केही क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।

आज राति पनि मौसममा सुधार नआउने संकेत देखिएको छ। देशभर बदली कायमै रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। रातिको समयमा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।

हावाहुरी, चट्याङ र भारी वर्षाले दैनिक जनजीवन तथा यातायातमा असर पार्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हावाहुरीको जोखिम उच्च रहेकाले सतर्क रहन सुझाव दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट