Techie IT
२०८३ भाद्र २६, शुक्रबार

सुदूरपश्चिमदेखि कोशीसम्म मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना


आज देशका अधिकांश भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट