Techie IT
२०८३ असार ५, शुक्रबार

तीनवटा मौसमी प्रणाली एकैसाथ सक्रिय: कतै चट्याङसहित मध्यम, कतै भारी वर्षाको चेतावनी


हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस त्रिवेणी मौसमी प्रणालीका कारण कर्णाली र सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

दिउँसोको मौसम:
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बादल लाग्नेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराईका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको मौसम:
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशसहित बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बदली हुँदा तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

तर, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। विशेष गरी कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट