Techie IT
२०८३ असार १२, शुक्रबार

पूर्व र मध्य नेपालमा बाढी-चट्याङको जोखिम


नेपालमा मनसुनी वायु सक्रिय भएसँगै देशका विभिन्न भागमा मौसमको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीको केही र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुले प्रभाव पारिरहेको छ। बाँकी क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।

अहिले देशका हिमाली र पहाडी भेगमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनीका केही पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानहरूका साथै कोशी र मधेस प्रदेशका तराई भेग, र बागमती-गण्डकीका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।भने उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा रहे पनि अत्यधिक तातो हावा (लु) चल्नेछ। साथै बागमती र गण्डकीको तराईमा पनि तापक्रम ह्वात्तै बढ्ने अनुमान छ।

रातिको मौसम कस्तो होला?
राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र मधेस प्रदेशमा मौसम सामान्यतया बदली रहनेछ। यी क्षेत्रका केही स्थानहरूका साथै लुम्बिनीका पहाडी भू-भागमा चट्याङसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ। पश्चिम तराई (लुम्बिनी र सुदूरपश्चिम) मा भने राति पनि मौसम मुख्यतया सफा नै रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट