Techie IT
२०८३ असार १९, शुक्रबार

नेपालको पश्चिमी भूभागमा भारी वर्षा हुनुको कारण के हो ?


काठमाडौँ । नेपालमा चार महिना लामो मनसुन प्रणाली देशभर फैलिसके पनि वर्षाको वितरण भने असमान देखिएको छ । पछिल्ला दिनहरूमा पूर्वी नेपालको तुलनामा देशको पश्चिमी भूभागमा अत्यधिक वर्षा भइरहेको छ भने पूर्वी तराईका धेरै क्षेत्रहरू अझै पनि सुक्खा रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद् डा. विनोद पोखरेलका अनुसार मनसुन देशभर विस्तार भए पनि पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढेको हो । "देशका धेरै ठाउँमा राम्रो वर्षा भए पनि तराईका कतिपय क्षेत्रहरू अझै सुक्खा छन्," मौसमविद् पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यतिबेला मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालबाट टाढा सरेर पश्चिमी भूभाग नजिक रहेकाले पश्चिममा बढी वर्षा भएको उनले उल्लेख गरे । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन पश्चिममा वर्षाको क्रम जारी रहने सम्भावना छ, जसका कारण पहाडी भेगमा पहिरो र तराईमा नदीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट