Techie IT
२०८३ भाद्र २६, शुक्रबार

आजदेखि मेलम्चीको पानी आपूर्ति पूर्ण रूपमा बन्द


मेलम्ची खानेपानी विकास समितिले मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा आज असार १९ गते देखि मेलम्चीको पानी आपूर्ति पूर्ण रूपमा बन्द गरेको छ। 

आयोजनाको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने उच्च जोखिम बढेपछि मनसुन अवधिभरका लागि यो निर्णय लिइएको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

समितिका सूचना अधिकृत मधु तिमल्सेनाका अनुसार नदीमा पानीको धमिलोपन पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुन सक्ने र सुरुङको सुरक्षामा गम्भीर असर पर्ने भएकाले पानी पथान्तरण रोकिएको हो। 

हाल वैकल्पिक प्रणालीमार्फत पानी ल्याउने कार्य भइरहेकोमा अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न र विगत चार वर्षदेखि हुन नसकेको सुरुङको सफाइ, मर्मत तथा प्राविधिक निरीक्षणसमेत यही अवधिमा सम्पन्न गर्ने गरी केही समयका लागि सुरुङ बन्द गरिएको समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट