पोखरा र विराटनगरसहित ८ सहरमा ८०% वर्षाको सम्भावना
आज देशका प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो र राति विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
संघीय राजधानी काठमाडौँमा आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने ७० प्रतिशत सम्भावना छ। आज काठमाडौँको अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ भने राति तापक्रम २१ देखि २३ डिग्रीमा ओर्लिने र ६० प्रतिशत वर्षाको सम्भावना रहनेछ।
यसैगरी पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङमा आज दिउँसो वर्षाको सम्भावना सबैभन्दा बढी (८० प्रतिशत) छ। यी सहरहरूमा दिउँसो र राति दुवै समयमा मेघगर्जनसहित मध्यम वर्षाको निरन्तरता रहने पूर्वानुमान छ।
आज सबैभन्दा बढी गर्मी: दिउँसो दिपायलको अधिकतम तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुम्ला र जिरीको तापक्रम भने २४ देखि २६ डिग्री सेल्सियस आसपास रहने छ ।
आज रातिको न्यून तापक्रम: जुम्लामा सबैभन्दा कम १६ देखि १८ डिग्री र धनगढी, नेपालगञ्ज तथा सिमरामा २६ देखि २८ डिग्री सेल्सियस रहने।
आज डडेलधुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा, सिमरा र जनकपुरमा आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। हिमाली क्षेत्रको जोमसोम र पहाडी क्षेत्रको जुम्लामा भने हल्का वर्षाको मात्र सम्भावना छ।
रातिको समयमा घोराही, पोखरा, भैरहवा, सिमरा, जनकपुरसहित पूर्वी र मध्य पहाडी क्षेत्रमा मध्यम वर्षा जारी रहनेछ भने डडेलधुरा, दिपायल, धनगढी र जोमसोममा हल्का वर्षा हुने विभागले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस