Techie IT
२०८२ भाद्र २५, बुधबार

भोली देखि चार दिन देशभर भारी वर्षा हुने : यी जिल्लाहरु उच्च जोखिममा


नेपालमा बिहीबारदेखि चार दिनसम्म लगातार मौसम बदली हुने र देशभर भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र न्यूनचापीय प्रणालीका कारण असोज १० देखि १३ सम्म देशभर हल्कादेखि मध्यम वर्षा हुनेछ। 

विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। साथै तराईका केही स्थानमा हावाहुरीको जोखिमसमेत रहेको जनाइएको छ।

यो प्रणालीले बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम बढाउने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी नदी, खोलानालाको जलस्तर बढ्ने, यातायात अवरुद्ध हुने, र कृषि तथा स्वास्थ्य क्षेत्रमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ।

कोशी प्रदेशमा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, र मोरङ लगायतका जिल्लाहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।

त्यसैगरी, मधेस प्रदेशका सिरहा, सप्तरी, र पर्सा जिल्ला पनि उच्च जोखिममा राखिएको छ। बागमती प्रदेशमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, र रामेछाप पनि जोखिमयुक्त क्षेत्रका रूपमा उल्लेख गरिएका छन्।

गण्डकी प्रदेशमा म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, र मनाङ जिल्ला उच्च जोखिममा छन्। लुम्बिनी प्रदेशमा जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, र सल्यान, र सुदूरपश्चिम प्रदेशका डोटी, कैलाली, र अछाम जिल्ला पनि भारी वर्षा र अन्य प्राकृतिक विपद्को सम्भावनाका कारण उच्च जोखिममा छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट