Techie IT
२०८३ भाद्र १७, बुधबार

कोशी, मधेश र वाग्मती प्रदेशमा वर्षाको सम्भावना


आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

विशेष गरी मधेश, कोशी, र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ। ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो, र सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पनि रहेकोले सतर्कता अपनाउन सुझाव दिइएको छ। साथै, साना तथा ठूला नदीहरूमा पानीको सतह बढ्न सक्ने हुँदा नदी किनारामा रहेका बस्ती तथा निर्माण कार्यमा थप सावधानी अपनाउन भनिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज राति कोशी, मधेश, र वाग्मती प्रदेशमा पूर्णतया बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली हुनेछ। सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र साँझपछि वर्षा कम हुँदै जाने जानकारी महाशाखाले दिएको छ।

महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, र यातायात क्षेत्रमा असर पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट