Techie IT
२०८२ जेष्ठ ७, बुधबार

चिम्पान्जीहरू पनि गर्छन् यसरी प्राथमिक उपचार र देखाउँछन् सहानुभूति


चोटपटक लाग्दा मानिसहरूले अस्पताल धाउने गर्छन्, तर जङ्गलका चिम्पान्जीहरूले भने आफ्नै शैलीमा ‘प्राथमिक उपचार’ गर्ने क्षमता देखाएका छन् । वैज्ञानिकहरूले हालै गरेका अध्ययनहरूमा चिम्पान्जीहरूले प्राकृतिक बोटबिरुवा प्रयोग गरेर आफैं र कहिलेकाहीँ समूहका अरू सदस्यको उपचार गर्ने गरेका प्रमाणहरू भेटिएको छ ।

ब्रिटेनको प्रतिष्ठित अक्स्फर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बुडोङ्गो जङ्गलमा गरेका हजारौँ घण्टाका अवलोकनमा आधारित अध्ययनमा चिम्पान्जीहरू औषधीय गुण भएका वनस्पतिहरू खोजेर चपाउने, लगाउने वा दल्ने गरेको पाइएको छ ।

एक दृश्यमा सानो चिम्पान्जीले केही चपाएर आफ्नी आमाको चोटमा दलिदिएको देखिएको छ । अनुसन्धान टोलीकी प्रमुख एलोडी फ्रिमनका अनुसार, “घाइते हुँदा चिम्पान्जीहरूले सरसफाइका साथै चपाएर बनाएको बोटको लेदो चोटमा लगाउँछन्। यसले उनीहरूको उपचार व्यवहार निकै व्यवस्थित भएको देखाउँछ।”

अघिल्लो वर्षको अध्ययनमा प्रयोग गरिएका केही वनस्पति नमुनाहरूको परीक्षण गर्दा तिनीहरूमा एन्टि-ब्याक्टेरियल तत्त्व भएको पाइयो, जसले ब्याक्टेरियाजन्य संक्रमणबाट बच्न मद्दत गर्छ।

अवलोकन अभिलेखहरूमा चिम्पान्जीहरूले अरू चिम्पान्जीको चोटमा पात दलिदिने, हात पाखुराबाट पासो निकालिदिनेजस्ता सहयोगी व्यवहार पनि गरिएको उल्लेख छ । चिम्पान्जीहरूले अरूप्रति देखाउने सहानुभूति पछिल्लो अनुसन्धानको अर्को महत्वपूर्ण पाटो हो।

डर्हम विश्वविद्यालयका वैज्ञानिकहरूले चिम्पान्जी र बोनोबोको व्यवहार तुलना गर्दै गरेका अर्को अनुसन्धानमा पनि चिम्पान्जीहरूमा सहानुभूतिको उच्च स्तर देखिएको छ ।

१,४०० घण्टाको प्रत्यक्ष अवलोकनपछि अनुसन्धानकर्ताहरूले युवा चिम्पान्जीहरूको तुलनामा पाको उमेरका चिम्पान्जीहरूले घाइते वा आपतमा परेका साथीहरूलाई अँगालो हाल्ने, छोएर सान्त्वना दिने गरेको निष्कर्ष निकालेका छन् ।

विस्तृत तलको भिडियोमा 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट