Techie IT
२०८२ कार्तिक १५, शनिबार

जोमसोम–कागबेनी सडक खुल्यो, कागबेनी–छुसाङ खण्ड खुलाउने प्रयास जारी


निरन्तरको वर्षाले अवरुद्ध बनेको जोमसोम–कागबेनी सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ। विभिन्न स्थानमा सडक भासिएको र क्षतिग्रस्त भएकाले शुक्रबार बिहानदेखि यातायात अवरुद्ध भएको थियो।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको मर्मतपछि केही बेरअघि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिएका छन् । सडक खुलेसँगै जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथसम्म पुग्न सहज भएको छ।

भुसालका अनुसार कागबेनी–छुसाङ सडक खण्डमा भने अझै पहिरोका कारण यातायात अवरुद्ध छ। सो खण्डमा पहिरो पन्छाउने कार्यका लागि आवश्यक उपकरण र जनशक्ति पठाइएको र यथाशीघ्र सडक खुलाउने प्रयास भइरहेको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट