Techie IT
२०८२ चैत्र ४, बुधबार

आज धुमधामसँग घोडेजात्रा मनाइँदै


चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रमसहित विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने गुरुमापा नामक राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। स्थानीयवासीले विभिन्न उपाय अपनाएर उक्त राक्षसलाई संहार गरे पनि त्यसको प्रेतात्मा पुनः सक्रिय भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय कायम रह्यो।

यसै विश्वासका आधारमा हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा आयोजना गरी घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने परम्परा रहिआएको छ। साथै बालबालिकाको सुरक्षाका लागि सोही रूखको फेदमा राति गुरुमापालाई खानेकुरा चढाउने चलन पनि छ। यसो गरेपछि वर्षभर बालबालिकालाई कुनै अनिष्ट नहुने विश्वास राजधानीवासीमा रहिआएको छ।

आजका दिन नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा विभिन्न युद्धकला प्रदर्शन गर्ने कार्यक्रम राखेको छ।

त्यस्तै, ललितपुरमा पनि ‘कानो घोडा’ दौडाएर घोडेजात्रा मनाउने परम्परा कायम छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट