Techie IT
२०८२ चैत्र १७, मंगलबार

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती देशभर मनाइँदै


अहिंसा, सत्य, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको मार्ग देखाउने महावीर जैनको २६२५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

इसापूर्व ५९९ मा भारतको वैशाली नजिकको ‘कुण्डलग्राम’मा राजा सिद्धार्थ र रानी त्रिशूलाका सुपुत्रका रूपमा उनको जन्म भएको थियो। राजपरिवारमा जन्मिए पनि सांसारिक जीवन त्याग्दै शान्तिको खोजीमा उनी तपस्यामा लागेका थिए। विभिन्न जैन ग्रन्थअनुसार करिब १२ वर्षको कठोर तपस्यापछि उनले मानव समुदायलाई जैन दर्शनको सन्देश दिएका हुन्।

नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैनका अनुसार शास्त्रीय मान्यताअनुसार जैन धर्ममा २४ तीर्थङ्कर छन्, जसले मानवलाई धर्मको मार्ग देखाउने भएकाले ‘तीर्थङ्कर’ नाम दिइएको हो। महावीरले विशेष रूपमा अहिंसा, सत्य र आवश्यकताभन्दा बढी संग्रह नगर्ने जीवनशैलीको सन्देश दिएका थिए।

उनका अनुसार अरूलाई दुःख दिनु पनि हिंसा नै भएकाले परोपकार गर्नु नै साँचो अहिंसा हो भन्ने महावीरको मूल शिक्षा हो। उनको चर्चित कृति ‘उत्तराध्ययन सूत्र’ नेपालीमा डा मणिभद्र मुनिजीले अनुवाद गरेका छन्।

जन्मजयन्तीको अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न संघ–संस्थाले देशभर धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट