Techie IT
२०८२ श्रावण १९, सोमबार

भियतनाममा बाढी र पहिरोका कारण ८ जनाको मृत्यु, ३ बेपत्ता


भियतनामको उत्तरमा पर्ने डिएन बिएन जिल्लामा हालैका दिनमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन्।

शनिबार बिहान ६ बजेसम्म प्राप्त तथ्यांक अनुसार करिब ६० घर बाढीले बगाएको जनाइएको छ । प्राकृतिक विपत्तिका कारण ३० वटा गाउँहरू बाहिरी सम्पर्कविहीन बनेका छन्।

बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यका लागि करिब ७ सय सुरक्षाकर्मी, सैनिक, स्थानीय स्वयंसेवक र विभिन्न संस्थाका प्रतिनिधिहरू परिचालन गरिएको छ। शनिबार बिहान स डुङ गाउँमा पुगेर निरीक्षण गरेका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई प्रभावित सबै व्यक्तिहरूसम्म तत्काल राहत पुग्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। उनले भोकमरी, सम्पर्कविहीनता र सूचना अभाव हुन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

उपप्रधानमन्त्री हाले उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी र प्रभावित सबैको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट