Techie IT
२०८३ भाद्र १३, शनिबार

कपिलवस्तु, रूपन्देही र बाँकेमा चार जना मृत फेला


सांकेतिक

काठमाडौं, ८ भदौ । देशका विभिन्न स्थानमा आइतबार चार जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तुमा कृष्णनगर नगरपालिका–८ डगरमरूवास्थित पोखरीमा सोही ठाउँ बस्ने ६७ वर्षीय हरिराम कहार मृत फेला परेका छन्। त्यस्तै, बुद्धभूमी नगरपालिका–५ महोमदनगर बस्ने ७० वर्षीय रामनिवास केवट पनि सोही ठाउँस्थित पोखरीमा मृत भेटिएका छन्।

रूपन्देही, गैडहवा गाउँपालिका–९ गौरीबजारस्थित प्रतिक्षालयमा हाल नाम, थर र वतन नखुलेको अनुमानित ८० वर्षीय पुरुष मृत फेला परेको छ।

बाँके, नेपालगंज उपमहानगरपालिका–४ राप्ती रोडस्थित खाली घरमा पनि हाल नाम, थर र वतन नखुलेको अनुमानित ५० वर्षीय पुरुष मृत भेटिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट