Techie IT
२०८२ भाद्र १६, सोमबार

आगलागीबाट करिब तीन करोड रुपैयाँबराबरको क्षति


देशका विभिन्न स्थानमा भएको आगलागीबाट करिब तीन करोड रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ राई गाउँमा ६० वर्षीय कामी राईको कच्ची घरमा आइतबार राति विद्युत सर्ट भएर आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सुनसरीको दुहवी नगरपालिका–१२ बुग्डरीमा सोमबार बिहान अबु बलामको ग्वालीमा लागेको आगो फैलिँदा सोही स्थानका इशुक मियाको घरमा समेत क्षति पुगेको छ। दुवै जनाको गरी करिब ९ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका–२० मा रहेको कपडा तथा कस्मेटिक पसलमा आइतबार राति आगलागी हुँदा करिब १० लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ।

यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकस्थित माछापुछ्रे बैंकमा आइतबार राति विद्युत सर्ट भएर आगलागी भएको छ। क्षतिको विस्तृत विवरण भने खुलेको छैन।

आगलागी नियन्त्रणका लागि प्रहरी, स्थानीय बासिन्दा र दमकलले संयुक्त रूपमा सहयोग गरेका थिए। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट