Techie IT
२०८३ असार ३, बुधबार

काठमाडौं, रसुवा र गोरखामा चारजनाको शव फेला


सांकेतिक

काठमाडौंको तारकेश्वर नगरपालिका–८ मा डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएका ७२ वर्षीय हरिशरण थापा मंगलबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेस्थित प्लेङजुङ खोलामा कालिका गाउँपालिका–१ ग्राङका २३ वर्षीय दावा दिण्डुप तामाङ र सोही स्थानका २२ वर्षीय सुदिप घले मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै, गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ वर्खेघाटस्थित त्रिशुली नदी किनारमा नुवाकोट बिदुर नगरपालिका–८ खुर्सानी खोलाकी ५१ वर्षीया उमादेवी भट्ट मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट