Techie IT
२०८२ मंसिर २३, मंगलबार

देशभर हालैको बाढी–पहिरोमा परि ६० जनाको मृत्यु


असोज १७ गते शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये १९ पुरुष, २६ महिला र १५ जना नाबालक छन्।

सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ, जसमा १३ पुरुष, १४ महिला र १० जना नाबालक रहेका छन्।

त्यसैगरी पाँचथरमा ८ जनाको मृत्यु भएको छ — पुरुष ३, महिला ४ र नाबालक १ जनारहेका छन् । उदयपुरमा ३ (महिला २ र नाबालक १), खोटाङमा २ पुरुष, र सुनसरीमा १ पुरुषको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

रौतहटमा पनि ३ जनाको ज्यान गएको छ जस्मा एक महिला र दुई नाबालक रहेका छन् । त्यस्तै मोरङ, सिन्धुली र महोत्तरीमा एक–एक जना महिलाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकमा एक नाबालकको मृत्यु भएको छ भने काभ्रेपालाञ्चोकमा दुई महिलाको शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट