Techie IT
२०८२ मंसिर २३, मंगलबार

बाढी–पहिरोका कारण देशभरका यी सडकखण्ड अझै अवरुद्ध


हालैको अविरल वर्षाबाट उत्पन्न बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड अझै पनि अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार, बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ मा पर्ने माम्तीखोला, बुलढुंगा र डालावेशी क्षेत्रमा खसेको पहिरोका कारण सवारी आवागमन ठप्प रहेको छ।

त्यस्तै, कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–३ को एकुवा र भोटखोला गाउँपालिका–४ को बरूण क्षेत्रमा खसेको पहिरोले पनि यातायात अवरुद्ध पारेको प्रहरीले जनाएको छ।

यता, पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण सवारी सञ्चालन अवरुद्ध छ। त्यस्तै, सोही गाउँपालिकाको रसुवागढी नजिक नेपाल–चीन नाका जोड्ने मितेरी पुल गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएकाले अझै सञ्चालनमा आउन सकेको छैन।

यसैबीच, काठमाडौं उपत्यका तथा आसपासका नाकाहरूमा भने सवारी आवागमन सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट