मृत अवस्थामा ३ जना फेला
बुटवल उपमहानगरपालिका–७ दीपनगर आम्दा लाइनकी ४२ वर्षीया चन्द्रकला क्षेत्री मंगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।
त्यसैगरी, सुर्खेतको लेकवेशी नगरपालिका–२ र गुर्भाकोट नगरपालिका–१४ को सिमानास्थित गौडा खोलामा गुर्भाकोट–१३ बस्ने ५४ वर्षीय सम्मरबहादुर खत्री मंगलबार मृत फेला परेका छन्।
यस्तै, ललितपुर महानगरपालिका–२२ फर्सिडोल खोइचास्थित बाँसघारीमा हाल नाम, थर र ठेगाना नखुलेका करिब ४२ वर्षका पुरुष बुधबार मृत अवस्थामा भेटिएका छन्।
उक्त घटनाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस