Techie IT
२०८२ माघ १०, शनिबार

करेन्ट लागेर एक जनाको मृत्यु


चितवनको कालिका नगरपालिका–७ तल्लो बजारका ६९ वर्षीय चन्द्रप्रसाद पन्तको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। घर नजिकैको कुलोमा जडान गरिएको विद्युतीय मोटरबाट पानी उठाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका पन्तको उपचारका लागि भरतपुरस्थित सरकारी अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट