Techie IT
२०८२ मंसिर १६, मंगलबार

एशियामा बाढी–पहिरो र चक्रवातले एक हजारभन्दा बढीको मृत्यु


Photo Credit: AP

एशियाका विभिन्न देशमा हालै आएको आँधीबेहरी, बाढी र पहिरोका कारण एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। 

पछिल्लो एक सातामा क्रमशः उत्पन्न तीन ठूलो आँधीबेहरीले श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड र मलेसियालगायतका देशमा व्यापक मानवीय तथा भौतिक क्षति पुर्‍याएका छन्।

श्रीलंकामा आएको चक्रवात ‘दित्वा’ ले सबैभन्दा ठूलो विनाश गरेको छ। यस चक्रवातका कारण उत्पन्न भारी वर्षाका कारण बाढी र पहिरोले अहिलेसम्म ३३४ जनाको मृत्यु भएको छ भने ३७० जना अझै बेपत्ता छन्। क्यान्डी क्षेत्रमा मात्रै ८८ जनाको मृत्यु र १५० जना बेपत्ता रहेको सरकारी स्रोतले जनाएको छ। त्यस्तै बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाको मृत्यु पुष्टि गरिएको छ। कुल ३०९,६०७ परिवारका ११ लाखभन्दा बढी मानिस प्रभावित भएका कारण केही स्थानमा सम्पर्कविहीनता बढ्दै गएको छ र उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

इन्डोनेसियामा ‘सेन्यार’ आँधीका कारण आएको बाढी र पहिरोले अहिले सम्म ४४२ जनाको ज्यान लिएको छ। जासुमात्रा क्षेत्रका तीन प्रान्तमा बढी क्षति पुगेको छ। उत्तर सुमात्रामा २१७ जनाको मृत्यु र २०९ जनाको बेपत्ता भएको छ। आचेह प्रान्तमा ९६ जनाको मृत्यु तथा ७५ जना बेपत्ता छन् भने पश्चिम सुमात्रामा १२९ जनाको मृत्यु र ११८ जना बेपत्ता भएको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले जानकारी दिएको छ। दक्षिणी क्षेत्रमा आएको ठूलो बाढीले ३५ लाखभन्दा बढी मानिसलाई प्रभावित पारेपछि सोङ्गखला प्रान्तमा आपतकाल घोषणा गरिएको थियो।

थाइल्यान्डमा पनि लगातारको भारी वर्षासँगै आएको बाढीले ठूलो क्षति पु¥याएको छ। दक्षिणी थाइल्यान्डका विभिन्न क्षेत्रमा मृत्यु संख्या १७० नाघेको छ। सरकारी प्रवक्ता सिरिपोङ अंगकासाकुलकियातका अनुसार आठ प्रान्तमा व्यापक जनधनको क्षति भएको छ। सोङ्गखला प्रान्तमा मात्रै ११० जनाको मृत्यु भएको छ। यससँगै क्षेत्रभर उद्धार र राहत कार्य जारी रहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट