Techie IT
२०८२ माघ १०, शनिबार

धोबीखोलामा साइकलसहित मृत अवस्थामा फेला परेका पुरुषको पहिचान


काठमाडौँ महानगरपालिका-२९ स्थित रुद्रमति पुलनजिकै धोबीखोलामा साइकलसहित एक पुरुषको शव फेला परेको छ।

बिहीबार बिहान करिब ६:५० बजे मृत अवस्थामा भेटिएका ती पुरुषको पहिचान भएको प्रहरीले जनाएको छ। मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरी भएको प्रहरीले जानकारी दिएको छ। मृतककी श्रीमतीले गिरीको सनाखत गरेकी हुन्।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त अनामनगरबाट प्रहरी टोली खटिएको छ। प्रहरीले शव भेटिएको स्थानमा लास जाँच मुचुल्का तयार पार्ने कार्य गरिरहेको छ।

प्रहरीका अनुसार, घटना कसरी भयो भन्नेबारे थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ। यद्यपि, मृत्युको कारणबारे विस्तृत विवरण भने आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट