Techie IT
२०८३ भाद्र १३, शनिबार

उद्धारमा गएको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु


तान्जानियाको माउन्ट किलिमन्जारोमा उद्धारका लागि गएको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

तान्जानियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार मेडिकल टोलीसहित उद्धार कार्यका लागि पुगेको उक्त हेलिकप्टर बराफु क्याम्प नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुर्घटनामा एक जना गाइड, एक चिकित्सक, पाइलट र दुई जना विदेशी पर्यटकको ज्यान गएको हो। ती विदेशी पर्यटक कुन देशका थिए भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

स्थानीय पत्रिका म्वानाञ्चीका अनुसार हेलिकप्टर समुद्री सतहदेखि करिब ४ हजार ६७० देखि ४ हजार ७०० मिटर उचाइको बीचमा दुर्घटनाग्रस्त भएको थियो।

अफ्रिकाकै सर्वोच्च शिखर मानिने माउन्ट किलिमन्जारोको उचाइ करिब ६ हजार मिटर रहेको छ। प्रत्येक वर्ष करिब ५० हजार पर्यटक किलिमन्जारो आरोहणका लागि जाने गर्दछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट