Techie IT
२०८३ भाद्र १२, शुक्रबार

सेनाको हेलिकप्टर दुर्घटना, सवार सबैको मृत्यु


कश्मीरको मुजफ्फराबाद नजिक पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको छ।

पाकिस्तानी सेनाले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तान आर्मी एभिएसनको एमआई–१७ हेलिकप्टर टेक–अफ गर्ने क्रममा प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको हो।

सेनाको मिडिया शाखाले दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि, मृतकको सङ्ख्या भने सार्वजनिक गरिएको छैन।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको पाकिस्तानी सेनाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट