Techie IT
२०८३ भाद्र १२, शुक्रबार

शक्तिशाली भूकम्पले हल्लायो भेनेजुएला र कोलम्बिया, सुनामीको चेतावनी


भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासका दर्जनौँ भवनहरूमा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार स्थानीय समयअनुसार साँझ ६:०४ बजे मोन्टाल्बान क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। यसको गहिराइ पृथ्वीको सतहबाट १३.२ किलोमिटर तल रहेको जनाइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पको धक्का यति शक्तिशाली थियो कि यसको महसुस छिमेकी देश कोलम्बियासम्म गरिएको थियो। भूकम्प लगत्तै भेनेजुएला, अमेरिकी भर्जिन टापुहरू र ब्रिटिश भर्जिन टापुहरूका लागि सुनामीको चेतावनी जारी गरिएको थियो। यद्यपि, पछि उक्त चेतावनी रद्द गरिएपछि तटीय क्षेत्रका नागरिकले राहत महसुस गरेका छन्।

भूकम्पका कारण भवनहरू चर्किएर क्षति पुगे पनि हालसम्म मानवीय क्षति वा कोही घाइते भएको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रभावित क्षेत्रमा उद्धार र क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट